punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका मन्त्री चौधरी अस्पताल भर्ना

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी अचानक बिरामी परेका छन्।

मिर्गौला पीडित चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि उनी राति पौने २ बजे धनगढीको नवजीवन अस्पतालमा भर्ना भएको जनाइएको छ।

चौधरीलाई पछिल्लो समय मिर्गौलाको समस्याले सताएको थियो। नियमित उपचार गराइरहे पनि स्वास्थ्यमा सुधार नदेखिएपछि चिकित्सकको सल्लाह अनुसार अस्पतालमा भर्ना गरिएको बताइन्छ।

अस्पतालमा भर्ना गरिएको समयमा उनको स्वास्थ्य अवस्था गम्भीर नरहेको जनाइएको छ। तर पनि थप उपचारका लागि चिकित्सकहरूको निगरानीमा राखिएको छ।


२६ माघ २०८१, शनिवार ०९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु