केन्द्रीय प्रहरी प्रवक्ता तथा सुचना अधिकारीमा एसएसपी अधिकारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई तोकिएको छ ।

आज प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत अधिकारीलाई प्रवक्ता तथा सुचना अधिकारीको जिम्मेवारी तोकेको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्न अधिकारीलाई प्रवक्ता तथा सुचना अधिकारीको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एसपी रहदा अधिकारीले जिल्ला प्रहरी कार्यालय कैलालीको कमाण्ड सम्हालेका थिए । जिल्लामा उत्कृष्ट काम गरेका उनी प्रवल जनसेवा श्रीबाट विभुषित भएका थिए ।


२९ मंसिर २०८१, शनिवार १९:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु