सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू. एक हजार दुई सय र चाँदी प्रतितोला रू. ६५ घटेको हो ।

बिहीबार सुन प्रतितोला रू. एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला रू. एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी चाँदी बिहीबार प्रतितोला रू. एक हजार नौ सय २५ मा कारोबार भएकामा आज रू. एक हजार आठ सय ६० मा किनबेच हुने महासङ्घले जनाएको छ ।


२८ मंसिर २०८१, शुक्रवार ११:३० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु