punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो

Chaupati
safha napa

पोखरा। सहकारीको रकम अपचलन मुद्दामा पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालत पेश गरेको छ।

यसअघि जिल्ला अदालत कास्कीले लामिछानेमाथि थप अनुसन्धान गर्न दिएको म्याद सकिएसँगै उनलाई आज पुनस् अदालत उपस्थित गराएको कास्की प्रहरीले जनाएको छ।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमै रहेका बेला लामछानेलाई बुटवल, काठमाडौं र चितवनमा बयानका लागि लगिएको थियो। सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।

सहकारीको रकम गोरखा मिडियाबाट अपचलन गरेको भन्दै प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो। लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराधमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।

सहकारीसम्बन्धी संसदीय विशेष समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित चारजनालाई कारबाही गर्न सिफारिस गरेको थियो। सोही सिफारिसको आधारमा लामिछाने पक्राउ परेका थिए ।

समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सदस्य कुमार रम्तेल र सञ्चालक छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो।

समितिको सिफारिसको आधारमा प्रहरीले लामिछाने,जोशी र रम्तेललाई नियन्त्रणमा लिएको हो । सहकारीको रकम अपचलनको मुख्य योजनाकार मानिएका जिबी राई भने फरार छन्।

 


२३ मंसिर २०८१, आइतवार ११:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु