दाङमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
धनगढी । दाङमा बोलेर गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आज बिहान राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा रा १ ज ८२२ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा गाडी चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
दुर्घटनामा गाडी चालक दंगीशरण गाउँपालिका–४ निवासी २२ वर्षीय हिरामणि बुढा र सल्यान कपुरकोट गाउँपालिका–६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको छ ।
त्यसैगरी दुर्घटनामा घाइते सल्यान कपुरकोट गाउँपालिका वडा नं ६ निवासी ३१ वर्षीय देवा वली, उनका छोराहरू १३ वर्षीय महेश वली र १० वर्षीय जीवन वलीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
१० कात्तिक २०८१, शनिवार ०८:४२ बजे प्रकाशित













