फेरि ह्वात्तै बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

केही दिनयता लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा १ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि  १ लाख ५७ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

 


४ असोज २०८१, शुक्रवार १२:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु