punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा रोकिएको कर संकलन सुचारू

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा रोकिएको कर संकलन आजबाट सुचारू हुने भएको छ ।  प्रदेश सरकारले कर संकलनसम्बन्धी अध्यादेश पारित गरेसँगै कर संकलनका लागि बाटो खुलेको हो । प्रदेशमा दैनिक करिब ४० लाखभन्दा बढी कर संकलन रोकिएको थियो ।

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसद्‍मा प्रस्तुत बजेट पारित हुन सकेको थिएन । बजेट परित नभएपछि  साउन १ देखि प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो ।

बजेट र सम्बन्धित ऐनहरू असार मसान्तभित्र प्रदेशसभाबाट पारित भएमात्र सरकारले साउनबाट राजस्व उठाउन र खर्च गर्न पाउने कानूनी व्यवस्था छ । अहिले दुवै रोकिएको छ । ठूला खर्चहरू नभए पनि सामान्य खर्च भने उधारोमै चलिरहेको छ ।

आज सरकारले अध्यादेश ल्याएसँगै कर संकलनको बाटो खुलेको छ । अध्यादेश  प्रमाणीकरणको लागि प्रदेश प्रमुखसमक्ष पुगिसकेको छ । प्रदेश प्रमुखले अध्यादेश  प्रमाणीकरण गरेपछि आजै राजपत्रमा प्रकाशित गर्ने र कर संकलन सुरू गर्ने तयारी छ  ।

सुदूरपश्चिम प्रदेशमा अघिल्लो वर्ष साउन महिनामा मात्रै साढे १२ करोड राजस्व संकलन भएको थियो । तर,अहिले समयमा बजेट पारित नहुँदा राजश्व संकलन ठप्प छ ।

प्रदेश सरकारले ल्याउन लागेको अध्यादेशमा गत आर्थिक वर्षकै करका दरहरू राखिएका छन् । यसपालि प्रस्तुत भएको बजेटमा यातायात करमा केही संशोधन गरिएको भएपनि, बजेट पास नभएकाले तत्कालका लागि अध्यादेशमा पुरानै करका दरहरू समावेश गरिएको आर्थिक मामिला मन्त्रालय स्रोतले बताएको छ ।


२४ साउन २०८१, बिहीवार १३:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु