उपसभामुख रानामाथि छानबिन गर्नुपर्ने माग

काठमाडौँ। उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गर्दै पाँच जनालाई अमेरिका लैजाने गरेर अमेरिकी दूतावासलाई पत्र लेखेको विषयमा छानविन गर्नुपर्ने माग गरिएको छ ।

उनीमाथि छानविन गर्नुपर्ने विषयमा आइतबार संसद बैठकमा पनि प्रश्न उठेको छ ।

संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन जान लागेकी उपसभामुखले महिला अधिकारको अभियानसँग कुनै साइनो नभएका चार पुरुष र एक महिलालाई आफूसँगै लग्न प्रक्रिया अघि बढाइएकी थिइन् ।

आफूसँगै पाँच जना यो कार्यक्रममा जान लागेको भन्दै उनले भिसाको अन्तर्वार्ता छिटो सारिदिन अमेरिकी दूतावासलाई उपभामुखको लेटरप्याडमा पत्र लेखेको प्रमाण बाहिरिएको थियो ।

 


७ साउन २०८१, सोमवार ०७:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु