भाउजूको हत्या अभियोगमा एक जना पक्राउ

महोत्तरी । आफ्नै भाउजु ५० वर्षीय रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका– ४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्र्दा गम्भीर घाइते भएकी रीतादेवीको मृत्यु भएको हो । उनको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


१३ असार २०८१, बिहीवार १३:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु