आलितालबाट एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ
डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–३ डाँडाखर्कबाट एकनाले बन्दुकसहित एक जना पक्राउ परेका छन् ।
पर्शुराम नगरपालिका–१ जोगबुढा घर भई आलितालमा बाख्रा पालन गरी बस्ने ५५ वर्षीय भोज नाथलाई एकथान एकनाले भरूवा बन्दुकसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
१२ असार २०८१, बुधवार १६:५३ बजे प्रकाशित












