लागूऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ
धनगढी । कैलालीको गोदावरी नगरपालिका–२ तेघरीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई मंगलबार राति पक्राउ गरेको छ ।
खैरो हिरोइन १ ग्राम १ सय ६० मिलिग्रामसहित गोदावरी नगरपालिका–२ बस्ने २४ वर्षीय अमित शोवलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ ।
यस्तै कञ्चनपुरको पुनर्वास–११ भीमबस्तीबाट कैलालीका दुई जना खैरो हिरोइनसहित पक्राउ परेका छन् ।
भीमबस्तीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ४ सय ७० मिलिग्रामसहित दुई जनालाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–३ बोराडाडी बस्ने १९ वर्षीय आशिषबहादुर धानुक र वडा नम्बर २ मिलनचोक बस्ने १९ वर्षीय छत्रबहादुर सिंह रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय त्रिभूवनबस्तीबाट खटिएको प्रहरीले सु.प.प्र.०१–०१० प ६४७७ नम्बरको मोटरसाइकलमा बेलौरीबाट धनगढीतर्फ जाँदै गरेको सवार अवस्थामा पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१२ असार २०८१, बुधवार १६:३६ बजे प्रकाशित












