बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य बढेको छ।
सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
१० असार २०८१, सोमवार ११:१७ बजे प्रकाशित












