कञ्चनपुरमा नहरमा डुबेर बालकको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ।
भीमदत्त नगरपालिका–५ तिनतारा स्थित नहरमा डुबेर बुधबार सोही ठाउँ बस्ने १५ वर्षीय बालक अबिरल चन्दको मृत्यु भएको हो।
प्रहरीका अनुसार नहरमा पौडी खेल्ने क्रमामा डुबेर बेपत्ता भएका उनी ६ सय मिटर टाढा मृत फेला परेका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजतलास गरेको थियो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
६ असार २०८१, बिहीवार १२:४६ बजे प्रकाशित













