लुम्बिनी प्रदेशसम्म पुगेको मनसुन सुदूरपश्चिम पुग्न अझै केही दिन लाग्ने

धनगढी । गत जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन पश्चिमतर्फ सर्दै आज असार ६ गते लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको छ ।

लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको मनसुन कर्णाली र सुदूरपश्चिमसम्म फैलिन भने अझै केही दिन लाग्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सम्बन्धी दोस्रो बुलेटिन जारी गर्दै सो जानकारी दिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमका तराईका जिल्लामा असार ६ गतेसम्म तातो हावा चल्ने सूचना चार दिन अघि जारी गरेको थियो । गत वर्ष पश्चिम नेपालसम्म मनसुनी प्रणाली फैलिन दुई हप्ता लागेको थियो ।

यस वर्षको मनसुन सरदर मिति (जुन १३ तारिख) भन्दा ३ दिन छिटो अर्थात् (जुन १) तारिख० मा कोशी प्रदेशमा भित्रिएको थियो । तर पश्चिमी वायुको प्रभावका कारण पश्चिमतर्फ सर्न ढिलाइ भएको थियो ।

मनसुन पश्चिमतर्फ सर्दै गएकाले अब गर्मीबाट केही राहत मिल्ने मौसमविदहरुले बताएका छन् ।


६ असार २०८१, बिहीवार १२:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु