सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
६ असार २०८१, बिहीवार ११:३५ बजे प्रकाशित













