पेस्तोलसहित भारतीय नागरिक पक्राउ

रौतहट । रौतहटको मौलापुरबाट प्रहरीले कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

मौलापुर नगरपालिका वडा नं. ५ पथराबाट बुधबार भारतीय नागरिक मोनुकुमार जयसवाल पक्राउ परेका हुन् .

जेठ २२ गते बुधराममा रहेको माँ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीलाई गोली प्रहार गरी फरार रहेका व्यक्तिको खोजीको क्रममा जयसवाल पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेलेका अनुसार पक्राउ परेका जयसवाल बिहार राज्यको मोतिहारीमा ‘बाबा ग्याङ्ग’ नामको आपराधिक समूहमा संलग्न छन् । उनी यसअघि पनि सीमा क्षेत्रमा लुटपाटको घटना घटाउने तथा तस्करीमा सक्रिय रहेका थिए ।


५ असार २०८१, बुधवार १६:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु