कञ्चनपुरबाट ८ लाख मूल्य बढीका भन्सार छलीका सामान बरामद
कञ्चनपुर । कञ्चनपुरबाट प्रहरीले ८ लाख बढीका अवैंध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले करिब ८ लाख १८ हजार ६ सय ५० मूल्य बराबरको पेय पदार्थ, एयरफोन, डाटाकेवल, मोबाईलको स्टेन , चार्जर, पङ्खाका पत्ता, ब्रेक तार, साईकलका ट्युब, घण्टि, पाईडल, ह्यान्डिल, ब्रेक स्टेन, स्प्रिङ, नटबोल्ट क्लिप, पंखा, कुरकुरे, चुरोट, नमकिन, सेन्ट, चकलेट, कफि, खुर्सानी, सुन बनाउने औजार लगायतका सामान बरामद गरेको हो ।
बरामद गरिएको सामान थप कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
५ असार २०८१, बुधवार १६:२२ बजे प्रकाशित













