कति छ आज सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

मंगलबार प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको भने बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


४ असार २०८१, मंगलवार १०:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु