सुदूरपश्चिम सरकार विस्तार, ८ मन्त्री नियुक्त
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री सोडारीले एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डा।ताराप्रसाद जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका छन् । बाँकी पाँच जनालाई विना विभागीय राखिएको छ ।
एमालेका बिरबहादुर थापा, हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तलाई बिना विभागीय मन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस गरिएको छ ।
नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ५ बजे तय गरिएको छ । सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए ।
यससंगै सुदूरपश्चिम प्रदेशको मन्त्रिमण्डल ११ सदस्यीय बनेको छ ।
२८ जेठ २०८१, सोमवार १६:२४ बजे प्रकाशित












