punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चक्रवातको आंशिक प्रभाव, वर्षाको सम्भावना

Chaupati
safha napa

धनगढी । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशमा हाल स्थानीय वायुको प्रभाव र पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशमा साधारणतया बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै बागमती प्रदेशको पहाडी भू(भागका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

यस्तै देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो बागमती, मधेश, कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ।

कोशी, मधेस र बागमती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


१४ जेठ २०८१, सोमवार ०८:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु