भन्सार छलीका सामानसहित एक जना पक्राउ
कैलाली । कैलालीका विभिन्न स्थानहरुबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिक, वडा नम्बर ९ त्रिवेणीघाटबाट र टीकापुर नगरपालिका–८ बटनपुरबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६० हजार ७७० रुपैयाँ बराबरको सामान गरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले प्याज, चिनी, पानी तान्ने मोटर, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।
५ जेठ २०८१, शनिवार १६:३२ बजे प्रकाशित































