अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री
राष्ट्रपति पौडेलद्वारा सङ्घीय संसद्को दुवै सदनको बैठकलाई सम्बोधन
काठमाडौँ, १ जेठ ःराष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
काठमाडौँ । सरकारले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै उक्त सामग्री देशभित्रै उत्पादन गरिने र स्थानीय तहमार्फत निःशुल्क उपलब्ध गराउन प्रबन्ध मिलाइने उल्लेख गर्नुभयो ।
साथै अपाङ्गता भएका व्यक्तिलाई सम्मानपूर्ण जीवनको प्रत्याभूति गर्न अपाङ्गता विशेष कार्यक्रम सञ्चालन गरिनेछ समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
१ जेठ २०८१, मंगलवार १६:५३ बजे प्रकाशित













