नीति तथा कार्यक्रम : ५ लाख भूमिहीनलाई जग्गा उपलब्ध गराइने

सरकारले देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आउँदाे आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा पाँच लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने उल्लेख छ ।
राष्ट्रपति पाैडेलले सरकारले घोषणा गर्दै आएको भू–उपयोगसम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गर्ने बताउनु भयो ।
१ जेठ २०८१, मंगलवार १६:३८ बजे प्रकाशित