punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै मुस्किल

Chaupati
safha napa

गोरखा । गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको माग धान्नै मुस्किल छ ।

विसं २०६७ देखि धार्चे गाउँपालिका–३ खोर्लाबेँसीमा ‘धार्चे रेन्बो ट्राउट एण्ड अग्र्यानिक होम’ माछा फार्म सञ्चालन गरिरहेका उहाँलाई व्यवसाय सुरूगर्दा उत्पादित माछाको बजारका विषयमा केही चिन्ता थियो । माछा उत्पादन सुरूभएपछि भने व्यवसाय सुरू गर्नुभन्दा अगाडिको जस्तो चिन्ता कहिल्यै गर्नुनपरेको उहाँले बताउनुभयो ।

तल्लो मनास्लु पदमार्गमा पर्ने खोर्लाबेँसीमा पदमार्गसँगै जोडिएर रहेको अग्र्यानिक माछा फार्ममा एक वर्षमा कम्तीमा २० क्विन्टल रेन्वो ट्राउट माछा उत्पादन हुने गर्दछ तर त्यसले स्थानीय बजारको माग धान्न नसकिएको गुरुङले बताउनुभयो । “अहिले वार्षिक करिब २० क्विन्टलसम्म माछा उत्पादन गरिरहेका छौँ । त्यसले माछा फार्ममा आउनेहरूको मागमात्रै पूर्ति गर्नसकिएको छ तर बाहिरबाट माग आउँदा पनि पठाउन सकिएको छैन”, गुरुङले भन्नुभयो ।

अर्ग्यानिक होममा आउने पाहुनाले प्रतिकेजी रु दुई हजारमा आफँैले पोखरीबाट ट्राउट माछा झिकेर खान पाउने व्यवस्था गरिएकाले पछिल्लो समयमा यही बासबस्ने गरी आउनेको संख्या बढ्दै गएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार घरमा लैजान चाहनेलाई प्रतिकिलो रु एक हजार सात सयमा बिक्री गर्ने गरिएकामा फार्मबाट दैनिक सात किलोभन्दा बढी र माघमा लाग्ने तातोपानी मेलाको समयमा भने दैनिक तीन क्वीन्टलसम्म माछा बिक्री हुने गरेको छ ।

“सामान्यतः दैनिक सात किलोभन्दा बढी माछा बिक्रि हुने गरेको छ । मेलापर्वका बेला भने फार्मको उत्पादनले नपुगेर हामी आफैँले बाहिरबाट किनेर ल्याउनुपर्ने अवस्था आउँछ । त्यसैले अहिलेसम्म व्यापार गरेर पछुताउनु परेको छैन”, उहाँले भन्नुभयो ।

धार्चेको पानी हिमालबाट आउने र धेरै चिसो हुनेभएकाले यहाँको माछा स्वादिष्ट हुने स्थानीयको भनाइपछि आफूले त्यसको सदुपयोग गर्दै व्यावसायिक आयआर्जन सुरूगरेको बताउने गुरुङले व्यवसाय विकासमा केही चुनौति रहे पनि निराश हुने अवस्था भने नरहेको बताउनुभयो ।

“समस्या र चुनौति त सबै ठाउँमा छन् तर मेहनत गरे आफ्नै गाउँठाउँमा पनि उद्यम गरेर खानसकिन्छ भन्ने उहाहरण म आफैँ हुँ । त्यसैले अरु युवाले पनि गरे केही हुन्छ भन्ने भावनाका साथ काम गर्नसक्नुपर्छ”, गुरुङको भनाइ छ ।


२३ वैशाख २०८१, आइतवार १२:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु