कञ्चनपुरमा अज्ञात समूहद्वारा बिद्यालयमा चोरी

कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित श्री जीवन ज्योति माविमा अज्ञात समूहद्वारा चोरी भएको छ। विद्यालय हाताभित्र सोमबार राति पसी कार्यालयको ताला तोडफोड गरी एक थान ल्यापटप चोरी भएको विद्यालयका प्रधानाध्यापक भरत कुमार बस्नेतले जानकारी दिए।

केही वर्ष अघि पनि विद्यालयमा चोरी भएको उनले बताए। घनाबस्ती देखि टाढा रहेको विद्यालयमा पटक पटक चोरीका घटना बढ्न थालेपछि संरक्षणका लागि विद्यालय कम्पाउण्डमा तार जाली जडानका लागि बजेट उपलब्ध गराइदिन वडा कार्यालय तथा नगरपालिका मा लिखित माग गरिसकिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजयराज हमालले बताए।

विद्यालयमा चोरी भएको घटनाको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हमाल, वडाध्यक्ष मित्र सिंह लामा पत्रकार लगायतले अवलोकन गरेका थिए भने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिले घटना बारे मुचुल्का उठाई सकेको छ।

पटक-पटक दोहोरिएको चोरीका घटनालाई रोक्नका लागि विद्यालयहरूमा सिसिटिभी क्यामेरा जडान गर्न सके संरक्षण हुनसक्ने स्थानीयको भनाई छ। बारम्बार चोरी हुनु र पत्ता नलाग्नुले प्रशासनलाई चुनौती मात्रै हैन, यस्ता गतिविधि रोक्न कुनै उपाय नखोज्नु विद्यालय र स्थानीय सरकारको ठुलो कमजोरी रहेको स्थानीयको बुझाई छ। यसमा स्थानीय सरकारको समयमै ध्यान केन्द्रित भई यस्ता घटनाको समाधान होस स्थानीयको जोडदार माग छ।

 


१८ पुस २०८०, बुधवार १०:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु