पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले नेपालमा पनि मूल्य घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ ।
निगमका अनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ बढेर आएको छ । अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर ३०० रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।
तर, आमउपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले बताएको छ।
१४ मंसिर २०८०, बिहीवार २१:३८ बजे प्रकाशित












