जाजरकोटमा चिसोका कारण तीन वर्षीया बालिकाको मृत्यु
जाजरकोटको कुशे गाउँपालिकामा चिसोबाट एक तीन बर्षीया बालिकाको मृत्यु भएको छ। कुशे–१ स्याँक्रीकी सुनील वादीकी तीन बर्षकी छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो ।
चिसोका कारण उनलाई निमोनिया भएको थियो। निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा रक्षाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।
गएको कात्तिक १७ गतेको भुइँचालोबाट घर चर्किएपछि सुनीलको परिवार त्रिपालमुनि बसिरहेको अध्यक्ष बस्नेतले बताए।
१४ मंसिर २०८०, बिहीवार १०:५१ बजे प्रकाशित












