धनगढी उपमहानगरले थप गर्‍यो ३ ब्याको लोडर र ६ टिप्पर

कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ ३ ब्याको लोडर र ६ वटा टिप्पर खरिद गरेको छ। उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा खोलानाला तालहरूमाथि भएको अतिक्रमण हटाउन, पुनर्भरण पोखरी निर्माण र १९ वडाका ग्राभेल गर्नुपर्ने सडकहरूमा ग्राभेल गर्नका लागि लोडर टिप्पर खरिद गरेको हो।

उपमहानगरपालिकासँग २ पुरानो र ५ नयाँ गरी ७ वटा ब्याको लोडर तथा ३ पुरानो, ८ नयाँ गरी जम्मा ११ वटा टिप्पर रहेको नगरप्रमुख गोपाल हमालले बताए। उनका अनुसार उपमहानगरपालिकाद्वारा व्याको लोडर र टिप्पर उपलब्ध गराई वडाबाट गाडीको इन्धन, रोयल्टी र चालक खाना उपलब्ध गराएर १९ वटैमा ग्राभेल भइरहेको छ

 


१२ मंसिर २०८०, मंगलवार १३:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु