बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका समर्थकबीच झडप

काठमाडौं ।  काठमाडौंको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंका समर्थकबीच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

प्रसाईंका समर्थकले प्रहरीको घेरा तोड्न र ढुंगा प्रहार गर्न थालेपछि प्रहारीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको हो । प्रसाईंका समर्थकले प्रहरीलाई ढुंगा प्रहार गरिरहेका छन् ।

प्रहरीले आफूमाथि ढुंगा प्रहार भएपछि र भीड निर्धारित क्षेत्र तोडेर सहर प्रवेश गर्न खोजेपछि मूल भीडलाई तितरवितर पारिरहेको छ ।

भीडको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंले नै भीडलाई उत्तेजित पारेको प्रहरीको भनाइ रहेको छ । त्यसपछि भीडमा सहभागीले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेको थियो ।

यसअघि पनि बल्खुमा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबीच झडप भएको थियो । युवा संघले आज काठमाडौंको तीनकुने तथा प्रसाईं समूहले बल्खुमा प्रदर्शन गरिरहेका हुन् ।  


७ मंसिर २०८०, बिहीवार १४:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु