भुकम्प : यी हुन् जाजरकोट र रुकुम पश्चिममा उद्दारका लागि सम्पर्क गर्न सकिने मोबाइल नम्बरहरु

काठमाडौं । शुक्रबार राति गएको भूकम्प पर्नेहरूको उद्धारका लागि नेपाल प्रहरीले सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार, उद्धारका लागि जाजरकोटमा ९८५८०७७३३३, ९८५८०५७१९०, ९८६८९३६६७८, ९८४८१२२५८४ र ९८५८०५४०५० मा सम्पर्क गर्न सकिने छ।

त्यस्तै, रुकुम पश्चिममा ९८५७८३७७७७, ९८६१०८७१३२, ९८५७८३५५५५, ९८५१२५८२१७, ९८५७८७२७७७, ९८४७९३६११३ र ९८५७८९०५५० मा सम्पर्क गर्न सकिन्छ।

शुक्रबार राति ११:२३ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। शनिबार बिहान ८:१५ सम्मको अपडेट अनुसार, त्यसमा परेर कुल १२९ जनाको मृत्यु भइसकेको छ। र १४० जना घाइते भएका छन्।


१८ कात्तिक २०८०, शनिवार १०:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु