punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको उपाधि राई र कार्कीलाई

Chaupati
safha napa

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्सको उपाधि सिक्किमका प्रीतम राईले जितेका छन् ।उनले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

यसैगरी प्रतियोगितामा साईरान खाती फोर्थ रनअप, परेश राई थर्ड रनरअप, सरद हुमागाइँ सेकेण्ड रनरअप र शिशिर थताल, फस्ट रनरअप भए । उनीहरुले पनि नगद पुरस्कार पाएका छन् ।

यस्तै मेरो डान्स युनिभर्स’को उपाधि थाइल्याण्डकी खुसी कार्कीले जितेकी छिन् । उनले नगद एक करोडसँगै विभिन्न गिफ्ट ह्याम्पर पाएकी छिन् ।
आज सम्पन्न ग्रान्ड फिनालेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए।

यो नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शो हो । फाउन्डेशनले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर रियालिटी शो आयोजना गरेको हो ।

कार्यक्रममा सभामुख देवराज घिमिरेलगायत नेपाल सरकारका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो ।


३ भदौ २०८०, आइतवार १२:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु