६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँसँग भारतीय आधारकार्ड र नेपाली नागरिकता फेला

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड फेला परेको छ । पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्ड रहेको पाइएको हो ।

तीनजना चिनियाँसँग भने नेपाली नागरिकता रहेको पाइएको छ । तीन जनासँग जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी गरिएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागरिकता फेला परेको छ ।

हालसम्म उनीहरूसहित २३ जनालाई सुन तस्करी प्रकरणमा पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुनसहितको एक सय ५५ किलो रहेको ब्रेक सु बरामद गरेको थियो ।

दुई हप्ताको अनुसन्धानपछि थप अनुसन्धानका लागि विभागले प्रहरीको सिआइबीलाई हस्तान्तरण गरेको थियो ।


३ भदौ २०८०, आइतवार ०७:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु