धनगढी उपमहानगरपालिकाले गर्यो बजार क्षेत्रका बिग्रिएका सबै सिसी क्यामेराको मर्मत

धनगढी । धनगढी उपमहानगरपालिकाले बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामेरा मर्मत गरेको छ ।उपमहानगरपालिकाकाले बजार क्षेत्रका विभिन्न स्थानमा जडान गरेका ३५ वटा बिग्रिएका सिसी क्यामेरा मर्मत गरेको हो।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालका अनुसार बोराडाँडीदेखि त्रिनगर भन्सारसम्मका १२ वटा, ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मका १८ वटा र जिल्ला प्रहरी कार्यालयमा रहेका पाँच वटा सिसी क्यामरा मर्मत गरिएको हो।

३५ वटा सिसी टिभी क्यामरा मर्मतका लागि उपमहानगरपालिकाले दुई लाख ७१ हजार पाँच सय ४४ रुपैयाँ खर्च गरेर ती क्यामेरा मर्मत गरेको जनाएको छ । धनगढीमा सिसी टिभी क्यामेरा बिग्रिएकाले अपराधिक कृयाकलाप तथा दुर्घटना हुँदा अनुसन्धानमा समस्या हुने गरेको थियो।

जिल्ला प्रहरी कार्यालय, कैलालीले धनगढी बजार क्षेत्रका बिग्रिएका सिसी क्यामेरा मर्मतका लागि उपमहानगरपालिकालाई अनुरोध गरेको थियो । अब धनगढीको मुख्य बजार क्षेत्रमा २४ सै घण्टा सिसी क्यामरा सञ्चालनमा रहने छन्।


१२ साउन २०८०, शुक्रवार ००:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु