punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अन्तरास्ट्रिय कल बाइपास गर्ने गिरोहका तीन जना कंचनपुरबाट पक्राउ

Chaupati
safha napa

धनगढी । अन्तरास्ट्रिय कल बाइपास गर्ने गिरोहका तीन जना कंचनपुरबाट पक्राउ
परेका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट कल बाइपास गर्ने एक गिरोहका तीन जनालाई उपकरणसहित प्रहरीले पक्राउ गरेको हो।

महेन्द्रनगरको गल्ली नम्बर ५ को एभरेष्ट बैंक लिमिटेड रहेको घरबाट कल बाइपासका लागि चाहिने उपकरणसहित एक भारतीय र दुई जना नेपालीलाई बुधवार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको नयाँ दिल्लीका ४१ वर्षिय गुल्जार अहमद, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का ४० वर्षिय प्रवीण खड्का र भीमदत्त नगरपालिका–१० जिमुवाका ४७ वर्षिय दिपक बोहरा रहेको प्रहरीले जनाएको छ। उनीहरुले इन्टरनेटको माध्यामबाट कल बाइपास गर्दै आएका थिए।

प्रहरीले सो कोठाबाट ०९९५९७००० को ल्याण्डलाइन, ६० लाइन क्षमताको कनेक्सन उपकरण, गेट वे सर्भरको सिपियू एक थान, वाई फाई राउटर एक थान, वल्र्ड लिंकको वाइफाई राउटर एक थान, ल्यापटप दुई थान, मनिटर एक थान र मोबाइल तीन थानलगायत अन्य उपकरण पनि बरामद गरेको छ।


११ साउन २०८०, बिहीवार २२:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु