punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दाखेरी मलाई कुनै कोट, टार र पार्टी मतलब छैन’ : गृहमन्त्री श्रेष्ठ

Chaupati
safha napa

काठमाडौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दाखेरी आफुलाई कुनै कोट, टार र पार्टीको मतलब नहुने बताएका छन् ।

शुक्रबार विमानस्थल भन्सार र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

१०० केजी सुन प्रकरणको घटनाका दोषीलाई कारबाही र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने पनि उनले बताएका छ्न् ।

अनुगमनपछि सञ्चारकर्मीहरूलाई दिएको संक्षिप्त प्रतिक्रियामा उनले विगतका घटना हेरेर केही सावधानी अपनाउनुपर्ने भए पनि कमीकमजोरी भएको बताए ।

अनुगमन पश्चात् संचारकर्मीहरुले ‘कतै तीन ब- बालकोट, बालुवाटार र बूढानीलकण्ठ) मिलेर यो घटना सामसुम पारिने त होइन’ भन्ने प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने, ‘भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दाखेरी मलाई कुनै कोट, टार र पार्टी मतलब छैन ।’ सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने पनि गृहमन्त्री श्रेष्ठले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानलाई गृह मन्त्रालयले व्यवहारिक रूपमा नेतृत्व गरिरहेको पनि उनको भनाइ छ । ‘सम्माननीय प्रधानमन्त्रीज्युको भ्रष्टाचारविरोधी अभियानलाई गृह मन्त्रालयले व्यवहारिक रूपमा नेतृत्व गरिरहेका छौँ । कसैले यसलाई भ्रम पार्न सकिन्छ कि विचलित बनाउन सकिन्छ भनेर नसोचे नि हुन्छ,’ गृहमन्त्री श्रेष्ठले भने ।

भन्सारको सुरक्षा जाँचपास गर्ने मेसिनलगायतको कमजोरी बाहिरिएपछि गृहमन्त्री श्रेष्ठ निरीक्षणमा गएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गरेको छ । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।


५ साउन २०८०, शुक्रवार १२:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु