एमालेको कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल तोकिए

नेकपा (एमाले)को कार्यवाहक अध्यक्ष वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तोकिएका छन्।

अध्यक्ष केपी शर्मा ओली निर्वाचन पर्यवेक्षण र राजनीतिक गोष्ठीमा सहभागी हुन कम्बोडिया गएपछि पोखरेलले कार्यवाहक अध्यक्षको जिम्मा पाएका हुन्।

त्यस्तै संसदीय दलको नेताको कार्यवाहक उपनेता सुवास नेम्वाङलाई दिइएको छ।

अध्यक्ष ओली गएराति ११ः१० बजे कम्बोडिया प्रस्थान गरेका हुन् । उनी साउन ८ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।

 


३ साउन २०८०, बुधवार १२:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु