punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मुछिएका नेतालाई निलम्बन गर्न कांग्रेस रूपान्तरण अभियानको माग

Chaupati
safha napa

कांग्रेस रूपान्तरण अभियानले नक्कली भुटानी शरणार्थी र ललिता निवासलगायत प्रकरणमा मुछिएका नेताहरूलाई कारबाही गर्न माग गरेको छ।

रूपान्तरण अभियानले मंगलबार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई बुझाएको सुझाव प्रतिवेदनमा भ्रष्टाचारमा मुछिएका नेताहरूलाई निलम्बन गर्न माग गरिएको हो।

‘नक्कली भुटानी शरणार्थी, ललिता निवासलगायत भ्रष्टाचार काण्डमा मुछिएका पार्टीका नेता वा सदस्यहरूलाई तत्काल निलम्बन गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अख्तियार दुरूपयोग र भ्रष्टाचार घटनाका छानबिनमा पार्टीले सहयोग गर्नुपर्छ।’

पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा छन्। उनलाई निलम्बन गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र मतभेद छ।

रूपान्तरण अभियानले भ्रष्टाचार तथा अख्तियार दुरूपयोगमा दोषी ठहरिएका व्यक्तिलाई ‘जति उच्च पद उति बढी सजाय’ को व्यवस्था गर्नसमेत माग गरेको छ।


२ साउन २०८०, मंगलवार १३:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु