punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजको सम्भावित कार्यसूची

Chaupati
safha napa

प्रतिनिधि सभाको बैठक आज (बुधबार) बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भएको हो ।

आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहितासबन्धी केही नेपाल संशोधन गर्न बनेको विधृेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

साथै सो विधेयकमाथि छलफल भएपछि त्यसमा आएका संशोधनहरू निर्णायार्थ प्रस्तुत हुनेछ भने त्यस विधेयकलाई आजै पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
बैठक दिउँसो ३ बजे बस्नेछ ।


२० असार २०८०, बुधवार ११:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु