सुदूरपश्चिममा भोली ३० अर्ब हाराहारीको बजेट आउने, सांसदलाई ९६ करोड बढिँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भोली बजेट ल्याउँदै छ । भोली ४ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश बहादुर शाहीले आगामी आर्थिक बर्ष २०८०÷०८१ के बजेट प्रस्तुत गर्ने भएका छन् । उनले करिब ३० अर्ब हाराहारीको बजेट ल्याउन लागेको स्रोतको दाबी छ ।

अघिल्लो बर्ष सरकारले रोकेको प्रदेश पूर्वाधार विकास कार्यक्रमको नाममा यस पटक प्रदेश सभा सदस्यहरुलाई तीन करोड बजेट उपलब्ध गराउने तयारी समेत भइरहेको छ ।

प्रत्यक्ष निर्वाचित सांसदहरूको क्षेत्र अनुसार उक्त रकम वितरण गर्ने सरकारको तयारी गरेको छ । सुदूरपश्चिम प्रदेशमा ३२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । ती क्षेत्रका लागि सरकारले ९६ करोड बजेट विनियोजन गर्ने तयारी गरेको छ ।

यस पटक सरकारले अघिल्लो पटक भन्दा सानो आकारमा बजेट ल्याउन लागेको हो । अघिल्लो बर्ष सरकारले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।


३२ जेठ २०८०, बिहीवार १२:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु