नदीमा पौडी खेल्दा एक बालकको मृत्यु

कैलालीको काँडा नदीमा पौडी खेल्दा एक बालकको मृत्यु भएको छ । बुधबार साँझ बर्दगोरिया गाउँपालिका–३ बुटकुवाका ९ वर्षीय अमर बिकको काँडा नदीमा पौडी खेल्दा मृत्यु भएको हो ।

घर नजिकैको नदीमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका अमरलाई तत्काल बौनियाको बर्दगोरिया अस्पताल पुगाइए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।


३२ जेठ २०८०, बिहीवार १२:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु