नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रूपैयाँले घटेकाे छ।

बुधबार प्रतितोलामा १ लाख ११ हजार ८०० रुपैयाँमा कारोवार भएकाे सुन आज १ लाख ११ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ । साथै बिहीबार तेजाबी सुन १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।

त्यस्तै,आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४ सय ५ रुपैयाँमा काराेवार भइरहेकाे छ।


३२ जेठ २०८०, बिहीवार ११:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु