गेटामा विश्वविद्यालय बनाउन क्याबिनेटको निर्णय माग्दै एमालेद्वारा सुदूरपश्चिम सभा बहिष्कार

कैलाली । नेकपा एमालेका सांसदले सुदूरपश्चिम प्रदेशसभामा नाराबाजी गर्दै बहिष्कार गरेका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन आफूले पहल गरिरहेको बताएका थिए । लगत्तै एमाले सांसदहरूले मुख्यमन्त्री शाहको धारणा नभई मन्त्रिपरिषद् बैठकको निर्णय नआउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका छन् ।

एमाले प्रमुख सचेतक सुरेन्द्र पालले विश्वविद्यालय निर्माणका लागि दबाब दिन भइरहेको आन्दोलनलाई सरकारले चासो नदिएको भन्दै सरकारो आलोचना गरे । उनले संसद् बहिष्कार गर्ने बताएसँगै एमालेका सांसदहरू नाराबाजी गर्दै बाहिरिएका छन् ।

एमाले सांसद बाहिरिएपछि सभामुख भीम भण्डारीले १ घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

 


२९ जेठ २०८०, सोमवार १६:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु