सुनको मूल्य स्थिर, चाँदीको घट्यो
सोमबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको कारोबार आइतबारकै मूल्यमा भइरहेको छ । चाँदीको मूल्य भने आइतबारको भन्दा तोलामा १० रुपैयाँले घटेको छ ।
सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय र चाँदीको मूल्य एक हजार ३७५ रुपैयाँ तोकिएको छ ।
८ जेठ २०८०, सोमवार १२:५९ बजे प्रकाशित












