punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ घाइते

Chaupati
safha napa

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

देहीमाण्डौं–गिरेगडा सडकखण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका–५ को तिलकपुर भीटामा सोमबार से १ ज २९५ नम्बरको जिप दुर्घटना हुँदा पञ्चेश्वर–५ कै ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रेमबहादुर शाहीले भट्टको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार चालकसहित जिपमा सवार अन्य १२ जना घाइते छन् ।

उनीहरु मध्ये पञ्चेश्वरकै कुन्ति भट्ट गम्भीर घाइते छन् भने अन्यको अवस्था खतरामुक्त रहेको छ । जिपको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


२० चैत २०७९, सोमवार १७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु