मन्त्रिपरिषद् बैठक तय, मिजरब्याजी पीडितको मागबारे निर्णय हुने
मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेका लागि बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा विशेषगरी आन्दोलनरत मिजरब्याजी पीडितको मागका सन्दर्भमा आवश्यक निर्णय हुने छ । शनिबार भएको दुई पक्षीय वार्तामा मिटरब्याजी पीडितको माग सम्बोधन गर्न मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।
बैठकमा अन्य समसामयिक विषयमा पनि आवश्यक निर्णय हुने बताइएको छ ।
२० चैत २०७९, सोमवार ०८:५६ बजे प्रकाशित































