punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जबरजस्ती करणी गरेको जाहेरी दिने तीनजना महिलालाई नै जेल सजाय

Chaupati
safha napa

रोल्पा जिल्ला अदालतले जबरजस्ती करणीका तीनवटा मुद्दा झुटो भएको ठहर गरेको छ । अदालतले झुटो आरोपमा बलात्कार मुद्दा चलाउनु अपराध भएको भन्दै तीन महिलालाई कैद सजाय पनि सुनाएको छ । जबरजस्ती करणीमा चलाइएका तीन मुद्दा झुटो ठहरिएपछि आरोप लगाउने महिलालाई नै ३र३ महिना कैद सजाय हुने फैसला गरिएको हो

जिल्ला अदालतको यही चैत ६ गतेको फैसलाअनुसार जबरजस्ती करणीको झुटो जाहेरी दिएकी माडी गाउँपालिकाकी एक महिलालाई तीन महिना कैद सजाय तोकिएको छ । त्यस्तै जिल्ला अदालतले जबरजस्ती करणीसम्बन्धी अर्को मुद्दामा लिवाङकी एक महिलालाई उनले दिएको जाहेरी झुटो ठहरेको भन्दै तीन महिना कैद सजाय हुने फैसला चैत २ गते सुनाएको हो ।

जबरजस्ती करणीको अर्को एक मुद्दा पनि झुटो भएको ठहर गर्दै जिल्ला अदालतले घर्तीगाउँकी एक महिलालाई तीन महिना कैद सजाय हुने फैसला फागुन १० गते सुनाएको हो।

तीनवटै मुद्दामा आरोपितलाई सफाइ दिइएको जिल्ला अदालतले जनाएको छ। बलात्कारका फरकफरक मुद्दामा कैद सजाय सुनाइएका ती महिलाले स्थानीय पुरुषविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा मुद्दा हालेका थिए।

 


२० चैत २०७९, सोमवार ०८:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु