राष्ट्रिय युवा संघ कैलालीको जिल्ला अधिवेशन भोली, भव्य कार्यक्रमको तयारी
कैलाली । नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल कैलालीको जिल्ला अधिवेशन भोली हुने भएको छ । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा हुन लागेको नवौँ अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।
अधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको राष्ट्रिय युवा संघ कैलालीका इञ्चार्ज अरुण कुवरले जानकारी दिए । उनले अधिवेशन उद्घाटन गर्न एमालेका नेताहरु कैलाली पुगिसकेको बताए ।
भोली ११ बजे सुखड बजारको हेलिप्याडमा एमाले केन्द्रीय सचिव लेखराज भट्टले अधिवेशनको उद्घाटन गर्ने छन् । कार्यक्रममा विशिष्ट अतिथि एमाले पोलिट व्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेत रहने छन् ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रय अध्यक्ष किरण बस्नेत, पूर्व केन्द्रिय अध्यक्षहरु त्था पार्टीका नेताहरु पनि अधिवेशनका लागि आइसकेका छन् ।
कैलाली जिल्ला अधिवेशन सुदूरपश्चिमकै भव्य अधिवेशन बनाउने तयारी भइरहेको इञ्चार्ज कुवरले जानकारी दिए ।
‘हामी सबै भव्य रुपमा सम्पन्न गर्न लागिरहेका छौँ केन्द्रिय नेताहरु पनि पुगिसक्नु भएको छ’ उनले भने ‘कैलालीको अधिवेशन नेपालकै भव्य अधिवेशनहरु मध्ये बनाउने तयारीमा छौ ।’
अधिवेशनको सम्पूर्ण तयारी सम्पन्न भइसकेको आयोजक कमिटी संयोजक शिवराज चन्दले जानकारी दिए ।
१६ चैत २०७९, बिहीवार १९:१९ बजे प्रकाशित































