punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जागिर खोसिएपछि वडा कार्यालयमा तालाबन्दी

Chaupati
safha napa

बाजुराको बूढीगङ्गा नगरपालिका–९ को वडा कार्यालयमा सेवाबाट हटाइएकी काली थापाले ताला लगाएकी छन्। वडाले सेवाबाट हटाएपछि स्थानीयको सहयोगमा थापाले ताला लगाएकी हुन् । साबिकको बाह्रबिस गाविसले २०६६ साल भदौमा थापालाई नियुक्त गरेको थियो।

बूढीगङ्गा नगरपालिका–९ की थापाले, लामो समय सेवा गर्दै आएको र अहिले एक्कासि जागिरबाट हटाएपछि वडा कार्यालयमा ताला लगाएको बताइन् । उनले राजनीतिक पूर्वाग्रहका कारण सेवाबाट हटाइएको दाबी गरिन्। उनले भनिन्, “मेरो श्रीमान् अपाङ्गता भएका कारण घरको स्थिति कमजोर भएकाले कार्यालय सहयोगीका रूपमा २०६६ सालमा काम पाएको थिएँ। अहिले एक्कासि राजनीतिक पूर्वाग्रहका कारण मलाई हटाइयो।”

वडा कार्यालयमा ताला लागेपछि अहिले वडाबाट हुने स्थानीयका दैनिक काम प्रभावित भएका छन्। यता बूढीगङ्गा नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर सिंहले २०७९ साल कात्तिकमा कार्यपालिकाको बैठकले करार कर्मचारी हटाउने निर्णय गरेको र सोही निर्णयअनुसार थापा हटेको बताइन्।


१६ चैत २०७९, बिहीवार ०९:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु