punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा पुल डिजाइन सम्बन्धी इन्जिनियरहरूका लागि ५ दिने तालिम सुरु

Chaupati
safha napa

कैलालीको धनगढीमा इन्जिनियरहरूका लागि पुल डिजाइन र निर्माण सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फार्म (स्केफ) नेपालको आयोजनामा पाँच दिने तालिम धनगढीमा सुरु भएको हो ।

पुल निर्माण गर्दा त्यसको दिगोपनाका साथै पुलको मर्मत सम्भारलगायतका विषयमा इन्जिनियरहरूका लागि तालिम आयोजना गरिएको स्केफ नेपालले जनाएको छ ।
बुधवार स्केफका महासचिव कमल कार्कीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी सुरु गरिएको तालिमको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै सचिव भट्टले अत्यन्त समय सान्दर्भिक तालिमको स्केफ नेपालले आयोजना गरेको बताए । आगामी दिनमा यस्ता तालिममा सरकारी तहबाट पनि सहयोग प्रदान गरिने भन्दै भट्टले यस्ता तालिमसँगै इन्जिनियरहरूको क्षमता अभिवृद्धिका लागि समेत प्रदेश सरकारले सहयोग गर्ने बताए । कार्यक्रममा यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगत प्रसाद जोशीले यो तालिमबाट अहिले धमाधम निर्माण भइरहेका पुलको गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे। यस अघि सुदूरपश्चिममा यस्ता तालिमको आयोजना हुन नसकेको बताउँदै उहाँले फलदायी तालिमको आयोजना भएको समेत बताए।

कार्यक्रममा निर्माण व्यवसायी सङ्घका केन्द्रीय सदस्य दिनेशबहादुर सिंह, इन्जिन एसोसिएसनका तर्फबाट लभ राज जोशी लगायतले मन्तव्य व्यक्त गरे। कार्यक्रममा स्केफका सुदूरपश्चिम सदस्य यज्ञराज भट्टले स्वागत मन्तव्य राख्दा इन्जिनियर दीपेन्द्र कुमार झाले कार्यक्रम सञ्चालन गरेका थिए
नयाँ पुस्ताका इन्जिनियर हरूलाई सीप विकासका लागी तालिम आयोजना गरिएको महासचिव कार्कीले बताए ।

देशभर यस्ता तालिमको आयोजना गर्ने क्रम जारी रहेकाले नयाँ तथा पुराना गरी ३ सय बढी इन्जिनियरलाई तालिम प्रदान गरिने उहाँको भनाई छ । स्केफ नेपाल र एलआरबीएसयूबीको सहकार्यमा तालिम आयोजना गरिएको हो ।


१६ चैत २०७९, बिहीवार ०८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु