punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फेरि एउटै पर्दामा देखिँदैछन् सलमान र शाहरुख

Chaupati
safha napa

बलिउडका दुई सुपरस्टार सलमान खान र शाहरुख खानको जोडीलाई पर्दामा हेर्न दर्शकहरूको चाहना हो।

दुवै अफस्क्रिनमा धेरै पटक सँगै देखिए पनि हालैको ुपठानु मा उनीहरूको अनस्क्रिन ब्रोमान्स फ्यानहरूका लागि कुनै ट्रीट भन्दा कम थिएन।

अहिले ‘टाइगर ३’ मा पनि सलमान–शाहरुखको दृश्यका लागि निर्माताहरुले ठूलो सेट बनाएको खबर आइरहेको छ।

रिपोर्टका अनुसार फिल्म ‘पठान’ मा सलमानको क्यामियोपछि शाहरुख ‘टाइगर ३’ मा पनि केमियो रोल गर्न लागेका छन्, जसका लागि किङ खानले अहिलेसम्म त्यो शेड्युलको सुटिङ सुरु गरेका छैनन्। ुएक था टाइगरु र ुटाइगर जिन्दा हैु पछि ‘टाइगर–३’ फ्रन्चाइजीमा तेस्रो फिल्म हो।

सलमान र शाहरुख ‘टाइगर ३’ मा फेरि पर्दामा देखिनेछन्। निर्देशक मनीष शर्मा र आदित्य चोपडाले यसलाई फिल्मको सबैभन्दा ठूलो सरप्राइज एलिमेन्ट बनाउने योजना बनाएका छन्।

रिपोर्टका अनुसार वाइआरएफले यो दृश्यमा काम सुरु गरिसकेको छ। यो दृश्यलाई शूट गर्न करिब ४५ दिन लाग्ने छ, जसमा सलमान र शाहरुख एक्सनमा देखिनेछन्।

‘टाइगर ३’ मा सुपर स्पाइ जोयाको भूमिकामा कट्रिना कैफ र भिलेनको भूमिकामा इमरान हाश्मी मुख्य भूमिकामा देखिनेछन्।

सलमान खान यतिबेला आफ्नो आगामी फिल्म ‘किसी का भाई किसकी जान’ को प्रमोशनमा व्यस्त छन्। यो चलचित्र इदको अवसरमा हलमा रिलिज हुँदैछ।

यस फिल्ममा सलमान बाहेक पूजा हेगडे र शहनाज गिल मुख्य भूमिकामा देखिनेछन्।


८ चैत २०७९, बुधवार १८:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु